अबिर चढाउन नहुने छङ्गमदेवी, दर्शन गरी पढेर लाइक र सेयर गर्नुहोस्

रसुवा भौगोलिक हिसाबले हिमाली जिल्ला हो। प्राकृतिक छटाले भरिपूर्ण हुनुका साथै धार्मिक महत्वको हिसाबले पनि रसुवा उच्चस्थानमा छ। जिल्लाभित्र अनेकौं धार्मिक महिमा बोकेका ठाउँहरू छन्, जुन स्थानीयलाई बाहेक बाहिरका मानिसलाई थाहा छैन। यस्तै धार्मिक महत्व बोकेको ठाउँ हो छ ङ्गमदेवी अर्थात् गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डाको छङ्गम डाँडास्थित पौराणिक एवं ऐतिहासिक महत्व बोकेको छङ्गमदेवी मन्दिर।यस मन्दिरमा अबिर चढाउन र धूपबत्ती बाल्न नहुने मात्र होइन, रातो लुगा लगाएर समेत जान हुँदैन भन्ने जनविश्वास रहँदै आएको छ।गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डा निवासी लवाङ ग्याल्बो घलेका अनुसार परापूर्वकालदेखि आफै उत्पीत्त भएको ढुङ्गाको ओडारजस्तो कोप्चेरोमा रहेको छङ्गमदेवी अरू देवीदेवताको भन्दा बेग्लै महिमा छ।

पौराणिक एवं ऐतिहासिक महत्व बोकेको छङ्गमदेवी मन्दिरमा अबिर चढाउन र धूपबत्ती बाल्न नहुने मात्र होइन रातो लुगा लगाएर समेत जान हुँदैन भन्ने जनविश्वास रहँदै आएको छ।देवीको दर्शन गर्न जाँदा महिला मात्र जाने नहुने र अबिरले पूजा गर्न नहुने धूपबत्तीसमेत गर्न नहुने जनविश्वास रहँदै आएको छ। सो मन्दिरमा सोही जंगलमा पाइने धूपी मात्र बाल्न र चढाउनुपर्ने परम्परा रहेको छ। मन्दिर वरपरका रूखसमेत काट्न नहुने धार्मिक मान्यता रहेको छ।धार्मिक मान्यताअनुरूप देवीको थाननजिक लापरबाही गरेर अरू देवीदेवतालाई जस्तो हेलचेक्र्याइँ गरेमा त्यस भेगमा बादल लाग्ने, अँध्यारो हुने गरेको स्थानीय बूढापाकाहरू बताउँछन्। देवीलाई सिक्का पैसा र गाईको दूध मात्र चढाउनुपर्ने धार्मिक मान्यता रहेको छ। पहिले पहिले यस ठाउँमा स्थानीयहरू गुफामा बस्ने गर्दथे। जंगलको बीचमा भएकाले बाघ कराउने गरेका कारण गुफा बस्न छोडेको स्थानीय बताउँछन्।

छङ्गम भनेको लामा र झाँक्रीले तपस्या गरेर बस्ने ठाउँ हो।त्यस ठाउँमा नै देवीको उत्पत्ति भएको हुनाले त्यस ठाउँको नाम छङ्गम भनिएको धर्मग्रन्थमा उल्लेख छ। डाँडाको बीचमा भएकाले छङ्गम डाँडा भनिएको स्थानीय समाजसेवी लवाङ गयाल्बो घलेले बताउनुभयो।यस ठाउँमा साँझको सूर्य अस्ताएपछि जान नहुने किंवदन्ती रहेकाले घाम डुबेपछि कोही पनि जाने गरेका छैनन्। देवीलाई वर्षको दुईचोटि गाईको दूध चढाउने चलन रहेको छ। सोमबार र बिहीबार पारेर जानुपर्ने त्यहाँ जानुपर्ने परम्परा रहेको छ। त्यस क्षेत्रमा रहेको छङ्गमदेवी एउटा पवित्र र अरू जस्तो बेग्लै महिमा बोकेको देवीका रूपमा मानिन्छ।

मन्दिर कसरी पुग्ने रुपासाङ ल्हामु राजर्मागको बोकेझुण्डाबाट ३० मिटर उकालो गएपछि ढुङ्गाको गुफा आकारको भाग रहेको छ वरपर हरियाली रूख–बिरुवा रहेका छन्। त्यसमा पहिले लामा झाँक्रीहरू गुफा बस्ने गरेको ठाउँ हो।पर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य हुन सक्छ। गोसाइँकुण्डजत्तिकै धार्मिक पर्यटकीयस्थलका रूपमा प्रचार–प्रसार हुन सक्छ। यस्ता धार्मिक स्थलहरूको खोजेर पनि प्रचारमा ल्याउन जरुरी छ।संरक्षणमा ढिलाइस्यस छङ्गमदेवीको संरक्षण गरी यसको महिमाका बारे विश्वव्यापीकरण गर्नुपर्ने देखिन्छ। यसबारे चासो राख्ने स्थानीय निकाय अहिले बेखबरको अवस्थमा रहेको छ।यहाँका स्थानीयहरू अझै पनि आफ्नो धर्म, संस्कृतिलाई जोगाउन लागिपरेका छन्। जसले यस्तो धार्मिक महत्त्वका साथै आस्थाको धरोहरलाई आजसम्म पनि जीवन्त राखेका छन्।

यस्तो धार्मिक आस्था बोकेको ठाउँ मानिस आफैले बनाएका भने होइनन्। हजार वर्षदेखि नै यो प्रकृतिको देन नै हुनुपर्छ।निकुञ्जक्षेत्रभित्र पर्ने पुराना गुम्बा, मानी, क्षोर्तेन, गुफा दरबार कुण्ड आदि सांस्कृतिक पुरातात्विक तथा ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।रसुवामा ८५ प्रतिशत बसोबास गर्ने स्थानीय तामाङ जातिले परम्परागतरूपमा प्रकृति, वनजंगल, हिमाल डाँडा (थुम्को) खोला, झर्ना, कुण्ड, वन्यजन्तु तथा सिमसार क्षेत्र आदिलाई हेर्ने दृष्टिकोण नै फरक छ र विश्वास गर्दछन्।धार्मिक दृष्टिकोणले रसुवालाई भगवानले लुकाएको स्वर्गको एउटा पवित्र भूमिको रूपमा लिने गरिन्छ। यो क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिकरूपमा महत्वपूर्ण छ। प्राकृतिक वन्यजन्तुको संरक्षण र प्रचार प्रसार एवं पर्यटकहरूका लागि यो क्षेत्रमा आकर्षित गर्न सके धार्मिक पर्यटकको संख्या बढ्ने स्थानीय दाबा तामाङले बताउनुभयो।

Post a Comment

0 Comments