फ्रान्स र स्पेनमा लकडाउन खुकुलो हुँदै

युरोपकै सबैभन्दा लामो लकडाउनपछि फ्रान्सले सोमबारबाट कोरोना भाइरस नियन्त्रणका लागि लगाइएका धेरै प्रतिबन्धहरू हटाउने भएको छ ।

फ्रान्सका पसल र अधिकांश प्राथमिक विद्यालयहरू खुल्नेछन्। मानिसहरूलाई आफ्नो घरबाट १०० किलोमिटरसम्म यात्रा गर्न दिइनेछ । उनीहरूले सानो समूहमा आफ्ना साथीभाइ र आफन्त भेट्न पाउनेछन्।

तर बार, रेस्टुराँ र सिनेमाघर कम्तीमा अझै तीन सातासम्म बन्द रहनेछन्। भाइरस अतिप्रभावित प्यारिस र पूर्वोत्तर क्षेत्रमा थप नियमहरू लगाइनेछ ।

यस्तै स्पेनले पनि आफ्ना केही क्षेत्रहरूमा सोमबारदेखि लकडाउनलाई खुकुलो गर्ने निर्णय गरेको छ ।
स्पेनमा १० जनाभन्दा बढी मानिस भेला हुन नपाइने नियम लागू गरेको छ । आफ्नो प्रदेशभित्र मानिसहरूले आवतजावत पनि गर्न पाउनेछन्। भिडभाड नगरी बार, रेस्टुराँ र पसलहरू खुल्न पाउनेछन्।

तर कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित मड्रिड र बार्सिलोनामा भने प्रतिबन्धहरू यथावत् छन्।

Post a Comment

0 Comments