नेहाका पाँच प्रेमी

मुम्बई– बलिउड नायिका नेहा धुपिया तथा नायक अंगद बेदीले आइतबार आफ्नो विवाहको दोस्रो वर्षगाँठ मनाए। नेहाले आफ्नै शैलीमा श्रीमानलाई विवाहको दोस्रो वर्षगाँठको शुभकामना दिइन्। साथै, उनले आफ्नो एक विवादित बयानलाई पुनः दोहोर्‍याएकी छन्।

नेहाले अंगदसँगको केही युगल तस्बिर ट्विट गर्दै लेखेकी छन्, ‘ह्याप्पी एनिभर्सरी माई लभ। सहकार्यको दुई वर्ष। अंगद मेरो जीवनको प्रेम हुन्। एक सपोर्ट सिस्टम, एक उत्कृष्ट पिता, मेरा निकै मिल्ने साथी र निकै रिस उठाउने रुम मेट। मैले एउटै व्यक्तिमा पाँच प्रेमी भेटेँ। यो मेरो छनोट हो।’

केही समयअघि नेहाको एउटा भिडियो निकै भाइरल भएको थियो। जसमा उनले एक युवतीले जतिसुकै प्रेमी राखे पनि त्यो उनको आफ्नो इच्छा भएको बताएकी थिइन्। रोडिजको अडिसनका लागि आएका एक प्रतिस्पर्धीले आफ्नी प्रेमिकाले एकैपटक पाँचजना केटासँग डेटिङ गरिरहेको थाहा पाएपछि उनलाई थप्पड हानेको बताएका थिए। उनको यसै अभिव्यक्तिमा नेहाले यस्तो प्रतिक्रिया दिएकी थिइन् जसका कारण उनी निकै ट्रोलसमेत भएकी थिइन्। एजेन्सी

Post a Comment

0 Comments