चन्द्रागिरि केवलकारको कालो धन्दा


खाद्य सामग्रीमा लुट

केबलकारले सर्वसाधरणसँग खाद्य सामग्रीमा पनि लुट मच्चाइरहेको छ । सर्वसाधरणले आफूखुसी खाद्य सामग्री मन्दिर परिसरमा लैजान पाउँदैनन् । त्यसो हुँदा सर्वसाधरण केबलकारले नै महँगो मूल्यमा बिक्री गर्ने खाद्य सामग्री खरिद गर्न बाध्य हुन्छन् । आफूखुसी खाद्य सामग्री मन्दिर परिसरमा लैजान खोज्नेलाई केबलकारले प्रवेशद्वारमै रोकिदिन्छ ।
केबलकारले सञ्चालन गरेको रिसोर्टको मेनुअनुसार सादा खानको बजार मूल्य १ सय ६० रुपैयाँ छ । तर, केबलकारले सञ्चालन गरेको रिसोर्टमा त्यही खाना ५ सय ६० रुपैयाँ पर्छ । पानीको बजार मूल्य प्रतिबोतल २० रुपैयाँ पर्छ । तर, केबलकारले सोही पानी ८० रुपैयाँमा बिक्री गर्छ । केबलकारले एक पिस जेरीको ८० रुपैयाँ असुल्छ । त्यही जेरीको बजार मूल्य १५ रुपैयाँ पर्छ ।
बजार मूल्यअनुसार भेजिटेबल ममको प्रतिप्लेट सय रुपैयाँ पर्छ । तर, केबलकारले सञ्चालन गरेको रिसोर्टमा सोही ममको २ सय ८० रुपैयाँ तिर्नुपर्छ । आइसक्रिमको प्रतिकप बजार मूल्य ४० रुपैयाँ पर्छ । त्यही आइक्रिमलार्ई केबलकारले एक सय २५ रुपैयाँ असुल्छ । एक कप चियाको बजार मूल्य २० रुपैयाँ मात्रै छ । तर, त्यही कप चिया केबलकारले सञ्चालन गरेको रिसोर्टमा किन्दा २ सय रुपैयाँ तिर्नुपर्छ ।
http://www.himgathanews.com/wp-content/uploads/2016/11/Chandra-giri.jpg

Post a Comment

0 Comments