२०७३ आश्विन १०–१६ गतेसम्मको साप्ताहिक राशिफल

– ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)
९८४१२२३१२६, ९८०३८७९९७८ (भाइबरसमेत)deepak
मेषः
मंगलबार साँझसम्म त्यति सहज देखिएको छैन । कामकार्य एवं बोली व्यवहारमा सजग हुनपर्ने छ । तदोपरान्त पनि मनो–अहं भावलाई संयम गर्न सकेमा विद्यार्थीले अध्ययनमा सफलता प्राप्त गर्न सकिनेछ । । शुक्राबारबाट अनुकूलता बढ्ने, कामकार्यमा सफलता एवं लाभ मिल्नेछ । दाम्पत्यत्व तथा प्रेमसम्बन्धमा सुधार आउनेछ । व्यापारजन्य कामबाट आर्थिक उपार्जन हुनेछ ।
वृषः
कर्मक्षेत्रमा प्रगति हुन गई आम्दानी बढ्नेछ । शारीरिक स्फुर्ति, कार्यमा रुचि हुने र शुभेच्छुकबाट सहयोग मिल्नेछ । बुधबारबाट केही प्रतिकूलता हुन सक्नेछ, बढी इच्छाएको कार्यमा विघ्न बाधा, वादविवाद एवं पारिवारिक समस्याको सामना गर्नपर्ने सम्भावना छ । शुक्रबारबाट अनुकूलताको क्रम बढ्नेछ । अध्ययनमा सफल हुन सकिने र शुभ समचार प्राप्त गर्न सकिनेछ ।
मिथुनः
नयाँ सम्बन्ध कायम हुन सक्नेछ । धनको अपव्यय हुनेछ । बुध र बिहीबार अवरोधको बाबजुत साहस बढ्ने र पुरुषार्थ गर्ने आँट आउनेछ । भगवान् भैरवदेवको उपाशनापूर्वक अघि बढेमा उद्यमव्यवसाय एवं पेसागत कामकार्यमा लाभ हात पार्न सकिनेछ । शुक्रबारबाट बोली व्यवहार आदिमा सजग हुन जरुरी छ, वैचारिक द्वन्द हुने भय देखिन्छ ।
कर्कटः
चाहेकै कामकार्य पूर्ण हुन अलि कठिन देखिन्छ तथापि भगवान् हनुमानदेवलाई खुसी बनाउनु बुद्धिमानी हुनेछ । जसले मानसम्मान यशकृति बढ्ने, मानसिक शान्ति मिल्ने तथा गरेको कामबाट सन्तुष्टि प्राप्त हुनेछ । शनिबारबाट शारीरिक पराक्रम बढेर आउने र पुरुषार्थ गर्न सकिनेछ । रोकिएका केही काम फत्ते गर्न सकिने र लाभ प्राप्त गर्न सकिनेछ ।
सिंह :
सुरुमा आकस्मिक खर्च बढ्ने, केही अनर्थ अपजस खेप्नपर्ने, धनमालसमान हराउने तथा चोरी हुने आदि पर्न सक्ने छ । तथापि आकस्मिक उपलब्धि पनि मिल्नेछ । बुधबारपछि मुख्य काममा अड्चन आउन सक्ने भए पनि अन्य पक्षमा अनुकूलप्रद छ । व्यवहारिक कर्माभ्यासले सुख समृद्धि एवं शान्ति मिल्ने तथा व्यवसाय आदिबाट आर्थिक लाभ गर्न सकिनेछ ।
कन्या :
व्यापार एवं व्यावसायिक प्रगति भई आर्थिक संकलन हुनेछ । पुरुषार्थ वृद्धि हुने र प्रशंसा मिल्नेछ । विद्यार्थीको लागि अध्ययनमा उपलब्धि बढ्नेछ । बुध र बिहीबार अप्रत्यासित रूपमा खर्च थपिन सक्नेछ, काममा अवरोध सिर्जना हुन सक्ने छ । उपरान्त स्थितिमा सुधार आई लाभ र सफलता हुनेछ । व्यावसायिक मान सम्मानमा वृद्धि हुनेछ ।
तुला :
उच्चतहसँग सम्पर्क जोडिने र व्यवसायबाट लाभ मिल्नेछ । साहसमा वृद्धि हुनेछ । विशेष कार्यको चिन्तन मनन तथा योजना बन्न सक्नेछ । शुक्रबारबाट भने खर्च वृद्धि हुने र संघर्ष पर्नेछ । तथापि आकस्मिक व्यावसायिक कार्य बन्न गई राहत मिल्नेछ । यो साता यहाँले सूर्यदेवको विशेष श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभप्रद हुनेछ ।
वृश्चिक:
धर्म–अध्यात्मतर्फ मन आकर्षित हुनेछ भने गुरुजनको सान्निध्यता प्राप्त हुन सक्नेछ । व्यावसायिक क्षेत्रमा सुधार आई सन्तुष्टि मिल्नेछ । महत्त्वाकांक्षा ठूलो तर ग्रहको अवरोध देखिएको छ । भैरवदेवको उपाशनाले उन्नति–प्रगति गर्न सकिएला । शुक्रबारबाट व्यावसायिक लाभ गर्न सकिनेछ । कैफियतपूर्ण आम्दानीतर्फ पनि मन आकर्षित हुन सक्ने कुरालाई नकार्न सकिन्न ।
धनु :
सुरुमा स्वास्थ्यमा मन्दता आउन सक्ने तथा दीर्घरोगीलाई बढी कष्ट हुन सक्नेछ । इष्टदेवको भक्तिले कष्ट निवारण गर्न कृपा मिल्ला । क्रमशः सफलता उन्मुख हुनेछन् । भाग्योदयको अवसर मिल्नेछ । केही धार्मिक एवं सामाजिक कार्य पनि सम्पादन गर्न सकिनेछ । राजनीति एवं जागिर आदि क्षेत्रमा पनि ग्रहले अनुकूल स्थिति सिर्जना गरेको छ ।
मकर :
अपेक्षित कार्य प्रभावित हुन सक्नेछ, भैरवदेव खुसी भए दाम्पत्य तथा प्रेम सम्बन्धमा सुधार आउनेछ । व्यवसायमा लाभ मिल्ने र यात्रा हुन सक्नेछ । बुध र बिहीबार भने स्वास्थ्यमा मन्दता आउन सक्ने छ । कामकार्यमा पनि विभिन्न बाधा व्यावधानको सामना गर्न नपर्ला भन्न सकिन्न । शुक्रबारबाट संघर्षको बाबजुत भाग्य एवं धर्मको वृद्धि हुनेछ ।
कुम्भ :
श्रीलक्ष्मीको कृपा मिल्ने, प्रतिस्पर्धा आदिमा सफल हुन सकिनेछ । शारीरिक आरोग्यता हुने, शत्रुपक्ष झुक्न आउनेछन् । व्यवसायमा चहलपहल बढ्नेछ । दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार आउने र मनोरञ्जनात्मक वातावरण बन्नेछ । शुक्रबारबाट केही प्रतिकूल देखिएको छ, स्वास्थ्यमा समस्या पर्न सक्ने, दीर्घरोगीले बढी ख्याल पु¥याउनुपर्ला । सूर्य भगवान्को स्तुति शुभकर हुनेछ ।
मीन :
मनोन्मादलाई संयम गरे विद्या, बुद्धि बढ्ने, लेखन तथा अध्ययनमा सफलता मिल्नेछ । अर्काको चर्चामा समय दिँदा आफ्नै काम अधुरो रहन सक्ने । बुध र बिहीबार केही अवरोध देखिएको, सो निवारणको लागि भैरवदेवको उपाशना उपयुक्त हुने । आरोग्यलाभ र कान्ति बढ्ने, विपक्षिलाई सम्झौतामा ल्याउन सकिनेछ । शुक्रबारबाट दाम्पत्य एवं प्रेम र व्यापार सफल हुनेछ ।

Post a Comment

0 Comments