
काठमाडौ ६ असोज । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको केन्द्रीय सदस्यमा निर्वाचित पसी शेर्पालाई नेपाल लोकतान्त्रिक शेर्पा संघले बधाइ तथा शुभकामना प्रदान गरेको छ । नेपाल महिला संघको तेस्रो महाधिवेशनमा आदिवासी जनजातीबाट पसी शेर्पा केन्द्रीय सदस्यमा निर्वार्चित भएकी थिइन ।
नेपाल लोकतान्त्रिक शेर्पा संघले बिहिबार एक कार्यक्रमको आयोजना गरी शेर्पा बधाइ तथा शुभकामना प्रदान गरेको छ । कार्यक्रममा सफल कार्यकालको कामना गर्दै बधाइ दिएको हो । नेपाल लोकतान्त्रिक शेर्पा संघले आफै कार्यलयमा कार्यक्रमको आयोजना गरी बधाइ दिएको हो । पसी शेर्पा नेपाल लोकतान्त्रिक शेर्पा संघकी उपाध्यक्ष समेत रहेकी छन ।

0 Comments