रियल बेटिसका थप तिन खेलाडीमा कोरोना संक्रमण

काठमाडौं – ला लिगा क्लव रियल बेटिसका थप तीन जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । कोरोनाका कारण स्थगित रहेको ला लिगा सुचारु गर्ने योजना भइरहेका बेला एकपछि अर्को गरि क्लवका खेलाडीमा यसको संक्रमण देखिएको हो ।

प्रशिक्षण सुरु गर्नुभन्दा अगाडी टिमका खेलाडीको परिक्षण गर्दा बेटिसका तीन खेलाडीमा संक्रमण देखिएको छ । योसँगै ला लिगाका शिर्ष क्लवका खेलाडीमा संक्रमण देखिनेको संख्या ६ पुगेको छ ।
जुन २० तारिखमा लिग सुचारु गर्ने योजनामा संक्रमण देखिनेक्रम बढेपछि धक्का पुग्ने देखिएको छ । यसअघि एट्लेटिको मड्रिडका डिफेन्डर रेनन लाडी, एथ्लेटिक विल्बाओका गोलकिपर एलेक्स रेमिरो र ग्रानाडाका यंगेल हिरीरामा संक्रमण देखिएको थियो ।
लेगानेसका प्रशिक्षकले खेलाडीमा कोरोना संक्रमण देखिने सक्ने भन्दै ला लिगा सुचारुका लागि पाँच साताको समय चाहिने बताएका थिए । ला लिगामा ११ चरणका खेलहरु बाँकी रहेका छन ।
यो सिजनलाई जुलाई २६ तारिखमा सक्ने उद्देश्यका साथ ला लिगा सुचारु गर्ने तयारी भएको छ । तर अब यसको भविष्यमा पनि अन्योल देखिएको छ ।

Post a Comment

0 Comments