काठमाडौं । सानैदेखि कलाकार बन्छु भन्ने सुनौलो सपना बोकेका जीवन लामा र सविना श्रेष्ठ यतिखेर चर्चाको शिखरमा पुगिरहेका छन् । अनेक संघर्ष र हरेक कठिनाइहरु झेल्दै भएपनि हाल
आफनो सपना साकार भएको मोडल जीवन लामा बताउछन । आधा दर्जन भन्दा पनि बढी म्युजिक भिडियो तथा थुप्रै स्टेज प्रोग्राममा समेत आफनो कला प्रस्तुत गरिसकेका लामा पछिल्लो समयमा म्युजिक भिडियोमा भ्याइनभ्याइ भएका छन् । हास्यव्याङग्य तथा लोकगायक मानबहादुर कुलुङको ‘हरेक दिन पश्चिम पारी’ तथा ‘माथिमा पर्यो कोंदे है हिमाल’ बोलको गीत तथा कोरियोग्राफर एवं मोडल मानिस श्रेष्ठको ‘किन जीवनमा आयौ तिमी’ बोलको गीतमा यि दुइ जोडीले अभिनय गरेका छन् ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको सिन्धुपाल्चोक जिल्लाको भोटेचौर स्थित डान्स अफ किङ मनिस श्रेष्ठको निर्देशनमा यो म्युजिक भिडियो छायाँकन गरिएको छ । एक दर्जनभन्दा पनि बढी म्युजिक भिडियोहरुमा आफनो पकड जमाइसकेकी सविना श्रेष्ठले यतिबेला निकै चर्चा बटुलिरहेका छन । कुनै घमण्ड र अहमतालाई त्यागी मिजासिलो व्यवहार देखाइ दर्शकहरुको मनलाई छुन सक्नु नै कलाकारको गहना भएको उनी बताउछिन । करिब १० बर्षको उमेर देखि नै नृत्य सिक्दै आएकी सविना श्रेष्ठ यतिबेला मोडलिङ क्षेत्रममा मात्र नभएर विभिन्न संघसंस्था तथा कोटेश्वर स्थित एम.एस. कलाकेन्द्रमा समेत मुख्य प्रशिक्षकको रुपमा काम गरिरहेकी छिन । पूर्वेली भाका रहेको यो म्युजिक भिडियोमा यी दुइ जोडी लगायत चर्चित मोडलहरु मनिष श्रेष्ठ, गोकुल रोक्का, छिरिङ डोल्मा शेर्पा, सन्जु कार्की लगायत ४० जना कोरस कलाकारहरु समावेश गरिएको छ । यो म्युजिक भिडियोमा माया, प्रेम, कलासस्कृति तथा आफु जन्मे हुर्केका ठाउप्रतिको सम्झना तथा प्रकृतिप्रतिको मोह यस गीतमा झल्किएको र त्यही अनुसारकै नेपालको सुन्दर चर्चित सानो चिया बगानमा यो म्युजिक भिडियो छायाँकन गरिएको हो । जसले अझ उक्त म्युजिक भिडियोलाई सुनमा सुगन्ध थपिएको समेत निर्माता तथा संयोजक राजकुमार राइले बताएका छन् ।

0 Comments