‘पशु बलि मानव सभ्यताकै कलंक’

http://www.himgathanews.com/2016/11/07/9908
भिक्षु आङफुरीले करिब १५ वर्ष जति भारत र नेपालको धर्म गुरुबाट बौद्ध दर्शनको अध्ययनसमेत गरे । उनका पिता दानु शेर्पा शेर्पाहरूको पण्डित लामा थिए । लामा परिवारमा जन्मेका कारण आङफुरीको परिवारमा बौद्ध धर्म र दर्शनका पालना हुने गर्दथ्यो । उनका पिताजी लामा भएका कारण बौद्ध दर्शनमा उल्लेख गरिएका मन्त्र जप र साधना गर्ने गर्दथे । बुद्धका वाणीलाई निकै अनुशरण गर्दथे । कसैको पनि हत्या हिंसा गर्नु हुन्न भनेर छोरा आङफुरीलाई दीक्षा दिने गर्दथे । यतिसम्म धार्मिक आस्था थियो कि मानिसको शरीरमा पर्ने जुम्रालाई समेत मार्नु हँुदैन पाप लाग्छ भनेर जुम्रासमेत मार्न नदिएको आङफुरी बताउछन् । उनी भन्छन, ‘एक दिन शरीरमा जुम्रा टिपेर मारेको बुबाले नराम्रोसँग गाली गर्नुभयो अब अर्को जन्ममा स्वर्गमा हैन नर्कमा पुगिन्छ, जुम्रा पनि प्राणी हो, प्राणी जति कसैलाई पनि मार्न हुँदैन भनेर भन्नुभएको थियो ।’

Post a Comment

0 Comments