‘ग्ल्यामर कला हो’

jangmu-enn-sherpa
शंखुवासभामा जन्मेकी जाङ्मु इन शेर्पा म्युजिक भिडियोमा मोडलिङ गर्छिन् । करिब आधा दर्जन म्युजिक भिडियोमा उनले अभिनय गरिसकेकी छन् । १० जोड २ सकेर बिबिएस अध्ययन गरिरहेकी कमल खत्रीले गाएको ‘तिम्रो याद आउँछ’ तथा रोज मोक्तानको ‘आँखाको रमझम’ जस्ता चर्चित गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छन् । शेर्पा समुदायको भएकाले शेर्पा गीतको म्युजिक भिडियोलाई उनले पहिलो प्राथमिकतामा राखेकी छन् । तर, अभिनय भने सबैमा गर्ने उनको सोच छ ।
भर्खर १९ लागेकी उनीलाई सानैदेखि अभिनयमा रुचि थियो । त्यसैले म्युजिक भिडियोमा लागेको उनको भनाइ छ । मोडलिङमा देखाइने ग्ल्यामरलाई उनी आफ्नै ढंगले परिभाषित गर्छिन् । उनी भन्छिन्, ‘ग्ल्यामर भनेको मानिसलाई आकर्षण गर्ने कला हो । तर, यो हेर्ने दृष्टिकोणमा फरक पर्छ । त्यसलाई जसरी हे¥यो त्यसैगरी बुझिन्छ । मान्छेको नजरमा नै बसेन भने त्यसको काम छैन । त्यसैले ग्ल्यामर आवश्यक छ ।’ मोडल भन्नेबित्तिकै ग्ल्यामर नै देखाउनुपर्छ भन्ने छैन ।’
विभिन्न ठाउँमा घुम्ने उनको अर्को शोख हो । उनलाई समुदायसँग घुलमिल हुन मन पर्छ । अविवाहित उनले अहिलेसम्म केटा साथी बनाइएकी छैनन् । जेन्टलम्यान, कुरा बुझ्ने, शिक्षित, समुदायमा घुलमिल हुने खालको स्वभाव भए प्रस्ताव स्विकार्ने उनी बताउछिन् ।
नाम जाङ्मु इन शेर्पा
जन्मस्थान शंखुवासभा
शिक्षा १० जोड २
उमेर १९ वर्ष
उचाइ ५फिट ४ इन्च
छाती ३२
कम्मर २९
रुचि स्विमिङ, ट्राभलिङ

Post a Comment

0 Comments