नेपालमा गलैंचा उद्योगले अन्तर्राष्ट्रिय स्तरमा बेग्लै पहिचान बनाएको छ । अरू देशको भन्दा केही महँगो भए पनि हातबाटै बनाइने भएकाले विदेशीले नेपाली गलैंचा मन पराउने गर्छन् । त्यसरी विदेशीको मन जित्ने अवस्थामा पु¥याउने काममा छिरिङ शेर्पाको उत्तिकै महत्वपूर्ण योगदान छ । दोलखा जिल्लाको मार्बुमा ०२७ मा जन्मिएका शेर्पा केन्द्रीय गलैंचा उद्योग संघका अध्यक्ष हुन् । उनी संघको केन्द्रीय सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष हुँदै ११ महिनाअघि अध्यक्ष भएका छन् । उनी नेपाली गलैंचाको ट्रेडमार्क जोगाउन लागिपरेका छन् । प्रस्तुत छ, शेर्पासँग हिमगाथा साप्ताहिकले गरेको कुराकानी:
नेपालमा गलैंचाको व्यापारको अवस्था कस्तो छ ?
नेपाली गलैंचाको व्यापार अहिले अवस्था निराशाजनक अवस्थामा पुगेको छ । अघिल्लो आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा २ लाख स्क्वायर मिटर निर्यात घटेको छ । यसरी निर्यात घट्नुका धेरै कारण छन् । ०७२ वैशाखमा गएको विनाशकारी भूकम्प, लामो समयसम्म भएको नाकाबन्दी, मधेस आन्दोलन र राजनीतिक अस्थिरताले गर्दा माग आउँदा पनि त्यसलाई पूर्ति गर्न सकिएन । त्यसको अलवा नाकाबन्दी, मधेस आन्दोलनजस्ता कारणले नेपालबाट निर्यातमा समस्या आउने देखेर माग पनि कम गरे । त्यसकारण पनि अहिले गलैंचा उद्योग मारमा पर्न थालेका छन् । अहिलेको गलैंचाको व्यापारको अवस्था निराशाजनक रहेको छ ।
सन् १९९९ देखि नै लगातार उत्पादन र निर्यात घटेको देखिन्छ । तर, भूकम्प र नाकाबन्दीलाई देखाएर गलंैचा उद्योगको अवस्था निराशाजनक छ भन्नु कत्तिको जायज होला ?
भूकम्प र नाकाबन्दी मात्र नभई अन्य विभिन्न कारणहरू पनि छन् । पछिल्ला वर्षमा यी दुई कारणले गलंैचाको निर्यातमा गिरावट आएको छ । त्यसमा पनि नेपालमा सधंै हुने राजनीतिक अस्थिरताका कारणले गर्दा हाम्रा लगानीकर्ताहरू नै यो उद्योगमा लगानी गर्न डराइरहेका छन् । पछिल्लो समय संविधान घोषणा भइसकेपछि अवस्था सामान्य हुने अपेक्षा गरिएको थियो । त पनि राजनीतिक अवस्थामा कुनै सुधार हुन सकिहेको छैन । राजनीतिक अस्थितरताका कारण पनि उपभोक्तालाई विश्वस्त पार्न सकिरहेका छैनौं ।
यो काम त सरकारको पनि त हो नि, होइन र ?
हामीले पटक–पटक सरकारको ध्यानाकर्षण गराइरहेका छौं । नाकाबन्दी र भूकम्पपछि हामी व्यवसायीहरू उठ्नै नसक्ने गरी खस्किएका छौं । हाम्रो एकल प्रयासमा मात्र केही गर्ने अवस्था नभएको हुनाले सरकारले सन् २०१७ लाई निर्यात वर्षको रूपमा मनाउनुपर्छ र यसको प्रचार प्रसारमा राज्य नै लाग्नुपर्छ भन्ने हाम्रो मुख्य माग छ । त्यो कुरा सरकारलाई पटक–पटक भनिसकेका छौं । अर्को अहिलेको टड्कारो आवश्यकता भनेको गलैंचा उद्योगको लागि छुट्टै औद्योगिक नीतिको आवश्यकता छ । यदि यसो भयो भने हामी नेपाली गलैंचा उद्योगलाई विश्व बजारमा छुट्टै पहिचान दिन सक्छौं । त्यसका लागि सरकारले पनि ध्यान दिनुपर्ने हो । तर, सरकारले त्यसको वास्ता गरिरहेको छैन ।
गलैंचा उद्योग संघले पछिल्ला चुनौतीसँग सामना गर्न कस्तो किसिमको कदमहरू चालिरहेको छ ?
गलैंचा व्यवसायमा यसमा रहेका चुनौतीहरू सामना गर्न त्यति सजिलो भने छैन । नेपालमा प्रत्येक ९÷९ महिनामा सरकार परिवर्तन भइरहन्छ । सरकार परिवर्तन भएसँगै हामीले हाम्रा समस्या सुनाउने गरेका छौं । तर विडम्बनाको कुरा, हाम्रा कुराहरू विभागीय मन्त्री र अन्य मन्त्रीलाई अवगत गराई त्यसको कार्यन्वयन हुन लाग्दा सरकार परिवर्तन भइसकेको हुन्छ । जसले गर्दा पनि कार्यन्वयनको अवस्था शून्यसरह नै छ ।
गलैंचाको इतिहासबारे केही बताइदिनुस न ।
नेपाली गलैंचाको इतिहास विगतदेखि नै नेपालका हिमाली भेगका आदिवासी जनजातिले त्यहिँ पाइने भेडाका ऊनद्वारा आफ्नै घरमा राडीपाखी र गलैंचा बुन्ने गर्थे । जसको लामो इतिहास छ । यसले तेस्रो मूलुकहरूमा निर्यातको सुरुवात भने आजभन्दा ५४ वर्ष पहिले गरेको हो । जतिखेर तिब्बतबाट तिब्बत शरणार्थीहरू नेपाल प्रवेश गरे, त्यसबेला ती शरणार्थीहरूलाई कसरी रोजगारी दिने भन्ने सवालमा स्विस सरकारले तिब्बतीयन शरणार्थीलाई रोजगारी दिने र उनीहरूबाट उत्पादित वस्तुलाई तेस्रो मुलुकमा निर्यात गर्ने अभियान थालेको थियो ।
गलैंचा उद्योगमा लगानीको अवस्था अहिले कस्तो छ ?
गलैंचा उद्योगमा लगानी गर्न चाहेमा यसको अवस्था त सन्तोषजनक नै छ । त्यति धेरै समस्या छैनन्, सहजै छ । तर अहिले भएका उद्योगीहरू पनि पलायन भइरहेका छन् । मुलुकमा शान्ति छायो, अब मुलुक औद्योगिक क्रान्तितिर गयो भनेर राजनीतिक पार्टीहरूले भनिरहेका हुन्छन् । तर, निर्यात क्षेत्रमा लाग्ने उद्यमीलाई राज्यले हेर्ने दृष्टिकोण स्पष्ट छैन । उनीहरूले हामीले उठाएका जायज मागहरूलाई सम्बोधन गर्नेभन्दा पनि आलटाल गर्ने कुरामा केन्द्रित छन् । जसले गर्दा उद्योगी व्यवसायीहरू पनि अन्य व्यवसाय गर्न बाध्य भइसकेका छन् ।
नेपाली गलैंचा विदेशमा प्रख्यात हुने र नेपालमा यसको महत्व नहुने कारण चाहिँ के होला नि !
नेपाली गलैंचा विदेशमा प्रख्यात हुनुको मुख्य कारण भनेको हाम्रो आफ्नो मौलिक पहिचान हो । यो पूर्णरूपमा हातले निर्माण गरिन्छ । यसमा प्रयोग हुने कच्चा पदार्थदेखि तयारी हुँदासमेत हातैले बनाइन्छ । जस्तै अरू देशमा पनि गलैंचाहरू उत्पादन गरिन्छन् । ती देशहरूमा मेसिनद्वारा बनाइन्छ । हाम्रो नेपाली गलैंचा भने हातबाट मात्रै बनाइन्छ । त्यही भएर पनि विदेशमा प्रख्यात छ ।
नेपाली गलैंचाले विदेशी गलैंचासँग कतिको प्रतिस्पर्धा गर्नुपरेको छ ?
तपाईंले निकै महत्वपूर्ण कुरा उठाउनुभयो । विदेशमा जाने नेपाली सामानले निकै प्रतिस्पर्धा गर्नुपरेको छ । हाम्रो मुलुकमा जुन गलैंचा बनाउँछौं, त्यसका लागि चाहिने आवश्यक कच्चा पदार्थ विदेशबाटै ल्याउँछौ । नेपालमा भएका दक्ष कामदार जति दिनानुदिन सयौंको संख्यामा विदेशएिका छन् । त्यो सरकारको गलत नीतिको कारण हो । जसले गर्दा अहिले कालिगडको पनि अभाव हुन थालेको छ । अर्काे कुरा नेपालमा कच्चा पदार्थको अभाव हुँदा सबै कच्चा पदार्थ विदेशबाट ल्याएर बनाउनुपर्ने भएकाले पनि अर्को तुलनामा महंगो पर्छ । विदेशतिर उद्योगमा लगानी गरेवापत सरकारले सहुलियत दिएको हुन्छ । तर, नेपालमा उद्योग चलाउनुपर्नेमा त्यसो गर्न सकेको अवस्था छैन । सरकारले गलैंचा क्षेत्रमा लाग्ने मजदुर र व्यवसायीलाई कुनै सहुलियत नदिएका कारण नेपाली गलंैचा उद्योगल अन्य देशका उद्योगसँग प्रतिस्पर्धा गर्न कठिनाइ आइरहेको छ ।
नेपाली गलैंचा अझै पनि ‘ब्रान्डिङ’ हुन नसक्नुको कारण के हो ?
नेपाली गलैंचा अझै पनि ‘ब्रान्डिङ’ हुन नसक्नुमा केही कारण छन् । जसमध्ये मुख्य भनेको नेपालमा राजनीति ‘फुटाउ र शासन गर’ भन्ने नीति छ । जुन नीतिले काम गर्न दिइरहेको छैन । अहिले पनि हाम्रो गलैंचा उद्योगमा दुईवटा संगठनहरू छन् । केन्द्रीय गलैंचा उद्योग संघ नेपाल २०३६ सालदेखि नेपाली गलैंचाको प्रवद्र्धनका लागि काम गरिरहेको छ । अहिले साथीहरू छुट्टै संगठन खोल्नुभएको छ । त्यही विवादका कारण नेपाली गलैंचाले ट्रेडमार्क दर्ता हुन सकिरहेको छैन । तर हाम्रो विवाद कायम रहे पनि नेपाली गलैंचाको पहिचानलाई जोगाउन सरकारले नै यो ट्रेडमार्क दर्ता गरोस् भन्ने कुरा उठाउँदै आएका छौं ।
गलैंचा उद्योगमा काम गर्ने कामदारलाई सेवा सुविधा चाहिँ कम दिने गरिएकोे छ भन्ने आरोप छ नि ?
राज्यले न्यूनतम ज्याला जति तोकेको छ, त्यही ज्याला दिने गरेका छौं । हामीले सबै पेसाबाट विस्थापित भएका, कही पनि फिट नहुने व्यक्तिहरूलाई समेत तालिम दिएर रोजगारी दिइरहेका छौं । त्यसमा पनि राज्यले तोकेको न्यूनतम तलबभन्दा पनि बढी नै तलब दिएर काममा लगाएका छौं । कामदारहरूलाई मारेर हामीले धेरै मुनाफा खाएका छैनौं । काम गर्दै जाँदा हाम्रा धेरै उद्यमी साथीहरूको घरबार नै गुमेको पनि छ । टाठ पल्टेका छन् । बैंकको ऋण तिर्न सकिरहेका छैनौं । पछिल्लो समयमा हाम्रा व्यवसायीहरूले उद्योग बन्द गरेर पनि बसेका छन् । त्यति हुँदा पनि मजदुरको पैसा रोकिएको छैन ।
कामदारहरूको हकहित गर्न तपाईंहरूले के गरिरहनुभएको छ नि ?
हामीले मजदुरको हक हितको लागि गलैंचा उद्योगको छुट्टै उद्योग नीतिको आवश्यकता रहेको कुरा राज्यलाई अवगत गराइरहेका छौं । यदि यसो हुन सकेमा हामी गलैंचा उद्योगलाई व्यवस्थित रूपमा अगाडि बढाउन सकिन्छ भन्नेमा छौं । त्यसका लागि हामीले बारम्बार सरकारलाई झकझकाइरहेका छौं । तर, राज्यले वास्ता गरिरहेको छैन ।
गलैंचा उद्योगमा बाल मजदुर राखिएको आरोप लागेको थियो । अहिले बालमजदुरको अवस्था कस्तो छ ?
यो विषयमा विगतदेखि नै विभिन्न गैरसरकारी संस्थाहरूले उठाउँदै आएको कुरा हो । गलैंचा उद्योगमा अहिले बाल श्रमिक छँदै छैन भन्ने होइन । तर, गैरसरकारी संस्थाहरूले भनेजस्तो गलैंचा उद्योग बालमजदुरको भरमा चलेको भन्ने आरोप सही होइन । त्यो आरोप जसले लगाए, उनीहरूलाई ती बालमदजुरको बारेमा थाहा नै छैन । उनीहरूले आफ्ना आमा बुबासँगै खेलिरहेको अवस्थामा देखे भने पनि बाल मजदुर देख्ने गरेका छन् । अहिले कुनै उद्योगमा लुकाइछिपाई बाल मजदुर राखेको हुन सक्छ । तर अहिले नेपाली गलैंचामा विगतमा पनि र अहिले पनि गैरसरकारी संस्थाले भनेजस्तो बाल मजदुर राखिएको अवस्था भने छैन । केही गैरसरकारी संस्थाहरूले विदेशी मुद्रा आर्जन गर्न गलैचा उद्योगमा बाल मजदुर भएको हल्ला फैल्याएका थिए । तर अहिले त्यस्तो छैन ।

0 Comments